सुन भाउमा समान्य गिरावट, तोलाको कति ?
सुन भाउमा समान्य गिरावट, तोलाको कति ?
१७ माघ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुनको भाउ तोलामा १ सयले गिरावट आएर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । आज चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।