मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।
२७ फागुन, काठमाडौं । मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।
अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा आइतबार राति ११ बजेको समयमा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको थियो ।
थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले जानकारी दिए ।