काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार राति पक्राउ गरेको हो ।


२७ फागुन, काठमाडौं । काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–२ भाड गाउँ डेरा गरी बस्ने काठमाडौं महानगरपालिका–२० घर भएका ३३ वर्षीय सुदन जोशी रहेका छन् ।

उनीबाट पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १० राउन्ड, अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट बरामद भएको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले सुदनको कोठा तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी सोमबार राति पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *