सिके राउतलाई आरोप प्रमाणित गर्न सांसद सापकोटाको चुनौती
४ मंसिर, काठमाडौं । जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ -सापकोटा_ nfO{ पार्टी फुटाउने गतिविधि गरेको आरोपमा जनमत पार्टीले सांसद पदबाट हटाउन पटक पटक प्रयास गरेको छ ।
पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी दिनुपर्ने माग जनमतको छ । यही मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुख समक्ष निवेदन दिएको थियो । तीनैपटक सभामुखले कारबाहीको निर्णय नगरेपछि चौथोपटक कात्तिक २७ गते पनि जनमतले संसद सचिवालयमा निवेदन दिएको छ ।
आफूले पार्टीको अहित हुने गरी कुनै पनि काम आफूलाई हटाउन खोज्नुको कारण नबुझेको बताइन् । सांसद सापकोटाले आफूलाई विनाकारण सांसदबाट हटाउने प्रयास गरिएको गुनासो ;d]t गरिन् ।