भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्वय सपना मल्ल र अब्दुल मुसलमानको इजलासमा


४ मंसिर, काठमाडौं । न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट परेको छ।

व्यवसायी गुरुङबाट एमालेको पार्टी कार्यालय निर्माणका लागि दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट न्यायाधीशद्वय मल्ल र अब्दुल मुसलमानको संयुक्त इजलासमा परेको हो ।

यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेसी परेको तर हेर्न नभ्याउने हुँदै स्थगित भएपछि आज फेरि नयाँ इजलासमा पेसी तोकिएको हो ।

पहिलो सुनुवाई गर्दै उक्त मुद्दामा सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो भने न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङसँग जग्गा तत्काल लिने कार्य रोक लगाएको थियो ।

गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका  २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए।

१० रोपनी १४ आना गुरुङ दम्पत्तीले दान गरेको जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *