दरबारमार्ग क्षेत्रमा जामका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त, ट्राफिक प्रहरीले दियो वैकल्पिक रुट


७ मंसिर, काठमाडौं । आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौंका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।

उपत्यकामा आज सवारी साधनको जामका कारण, ट्राफिक व्यवस्थापन   हुने सम्भावना देखिएको ले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।

दरबारमार्गमा आज एमालेले जागरण सभा नामबाट शक्ति प्रदर्शन गर्दै छ । विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ भने सभाका लागि मञ्च निर्माणको काम भइरहेको छ । त्यसैले दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौंका विभिन्न सम्पर्कविन्दुबाट ११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुने एमाले नेता विष्णु रिजालले बताए ।

सहकारीमा बचत गरेको तर रकम फिर्ता नपाएका पीडितहरुको प्रदर्शन पनि जारी हुनेछ । उनीहरुले माइतीघरमा केन्द्रित भई प्रदर्शन गर्ने र सहकारी ठगीमा संलग्नहरुमाथि छानबिन र कारवाही हुनुपर्ने अनि पीडितहरुको बचत फिर्ता हुनुपर्ने उनीहरुको मुख्य माग छ ।

यसैगरी दुर्गा प्रसाईं समर्थकहरुले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नाम दिएर उनका समर्थकहरुले प्रदर्शन गर्न लागेका हुन् । दुर्गा प्रसाईं हाल प्रहरी नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *