रसुवाबाट जुत्ताको सोलमा लुकाएको २ किलो सुनसहित एक जना पक्राउ
७ मंसिर, काठमाडौं । बिहीबार बेलुकी रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव भट्टराईले गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको बताए ।
कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको भट्टराईले बताए ।
डीएसपी भट्टराईले यसबारे आवश्यक अनुसन्धान र जाँचका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको जानकारी दिए ।