विद्यालयको चाबी लिएर काठमाडौं आउन विद्यालयका कर्मचारीलाई निर्देशन

मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।


९ वैशाख, काठमाडौं। नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

मंगलबार परिषद्ले विज्ञप्ति जारी गरेर २४ घण्टा भित्र काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन् ।

विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा शिक्षकहरू २२ औँ दिनदेखि आन्दोलनरत छन् ।

‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाश र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लियरे काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *