भाटभटेनी सञ्चालकले एमालेलाई जग्गा दान : चुडाल र सुवेदीको इजलासमा मुद्दाको पेशी


७ मंसिर, काठमाडौं । शुक्रबार भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा छलफल हुँदैछ ।

मुद्दाको पेशी न्यायाधीशहरु डा। कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा तोकिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले प्रक्रिया अघि नबढाउनु भनी अल्पकालीन अन्तरिम आदेश यसअघि नै दिएको छ । आज त्यसले निरन्तरता पाउने कि नपाउने भन्ने छलफलका लागि मुद्दाका दुवै पक्षलाई बोलाइएको छ ।

१० रोपनी १४ आना जग्गा कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा दशैंको अष्टमीको दिन अर्थात् असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *