सुनको मूल्य २ हजारले घट्यो
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।

स्थानीय बजारमा सुनको भाउ आज पनि ओरालो लागेको छ। अघिल्लो दिन सोमबार ३७ सयले घटेको सुन आज २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।सोमबार एक तोला सुनको भाउ १ लाख ८६ हजार ८०० रुपैयाँ पुगेको थियो। त्यसअघि आइतबार प्रतितोला सुन १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो।
यसैगरी सुनको मुल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। आज एक तोला चाँदी १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला चाँदीको भाउ १९ सय ६० रुपैयाँ पुगेको थियो।