मोरङको बाल सुधार गृहबाट तीन जना बालक भागे
प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।

३० वैशाख,विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ।
विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।
प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।
भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।
झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।