३० वैशाख, काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ ।
सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंकसम्म पुगेको थियो, जुन आजका लागि अधिकतम अंक रह्यो ।
बजार घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १० अर्ब २० करोडको कारोबार भएकोमा आज ९ अर्ब ६३ करोडको भयो ।
७७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने एउटाको स्थिर रह्यो । यस दिन जीवन बीमा सेक्टर सबैभन्दा धेरै ०.९५ प्रतिशत बढ्यो । यस सेक्टरका अधिकांश कम्पनीले आज सार्वजनिक गरेको वित्तीय विवरण सुधारोन्मुख देखिएको छ ।
त्यस्तै विकास बैंक ०.८८, उत्पादन ०.३४ प्रतिशत बढ्यो । व्यापार सेक्टर सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो । बैंकिङ ०.३०, फाइनान्स १.९१, होटल तथा पर्यटन २.२१, हाइड्रोपावर १.१८, लगानी ०.७९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५९, अन्य ०.६० प्रतिशत घटे ।
दुई कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो ।
जोशी हाइड्रोपावरको ६.८८, उन्नति सहकार्य लघुवित्तको ५.४४ र लुम्बिनी विकास बैंकको ४.२२ प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६.२२ प्रतिशत घट्यो । बुटवल पावरको ४.३१ तथा सिक्लेस हाइड्रोपावरको ४.२७ प्रतिशत घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा युनिभर्सल पावर, ङादी ग्रुप, नेपाल माइक्रो इन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे ।
बजारको पूँजीकरण ४३ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ ।