मोरङको बाल सुधार गृहबाट तीन जना बालक भागे

प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।


३० वैशाख,विराटनगर । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् ।

विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।

प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् ।

भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।

झापा र ताप्लेजुङका  दुई बालक  पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *