थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् । 

काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डले नेपाललाई १५९ रनको बलियो लक्ष्य दिएको छ । थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाइन्।  ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् ।

नेपालका लागि बलिङतर्फ मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए । नेपाल र थाइल्यान्ड दुवैले यूएईलाई हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *