थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य
ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् ।
काठमाडौं : आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डले नेपाललाई १५९ रनको बलियो लक्ष्य दिएको छ । थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाइन्। ओपनर नताया बूचाथामले पनि ५० रन बनाइन् । अफिसरा सुवानचोनराथीले २९ रन बनाइन् ।
नेपालका लागि बलिङतर्फ मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए । नेपाल र थाइल्यान्ड दुवैले यूएईलाई हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेका छन्।