लमजुङमा खुकुरी प्रहारपछि फरार अभियुक्तको देउवासँग भेटघाट

गत जेठ ३ गते तरुण दल लमजुङको अधिवेशनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले खाजी गरिरहेका फरार अभियुक्त तथा तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले देउवासँग भेटघाट तथा बैठक गरेको तस्वीर सामाजिक सञ्जालमै आएको छ ।

तरुण दल लमजुङको अधिवेशनमा विवादका क्रममा ज्यानै मार्ने उद्देश्यले खुकुरी प्रहार हुँदा ४ जना घाइते बने । आँखै अगाडि खुकुरी प्रहार हुँदा पनि पक्राउ नगरी छोडिदिएको प्रहरीले तत्काल जाहेरीसमेत लिएन । नेताहरूको दबाबमै जाहेरी दर्ता भयो र खुकुरी हान्ने १ जना पक्राउ परे ।

खुकुरी हान्नेलाई कानुनी कारबाही अगाडि नबढाउन दबाबकाबीच जाहेरी दर्ता भएपछि प्रहरीले अझै ४ जना फरार रहेको बताइरहेको छ । नेताहरूकै वरिपरि हिँडिरहेको खबर पाए पनि प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरिरहेका छन् ।

प्रहरीले उनीहरूको खोजी भइरहेको जनाएको छ । तर, खुकुरी प्रहारका अभियुक्तले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग बैठक गरेका छन् ।

खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले खाजी गरिरहेका फरार अभियुक्त तथा तरुण दल लमजुङका कार्यबाहक अध्यक्षसमेत रहेका कुमराशी गुरुङ (भूपेश)ले देउवासँग भेटघाट तथा बैठक गरेको तस्वीर सामाजिक सञ्जालमै आएको छ ।

गत जेठ ३ गते तरुण दल लमजुङको अधिवेशनका क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका थिए ।

चौतर्फी दबाबपछि घटना भएको ७ गतेमात्र जाहेरी दर्ता गरेर ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मध्यनेपाल नगरपालिका–७ का किरण गुरुङ, सोही वडाका धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–५ का कुमराशी गुरुङ (भूपेश) र होमराज घलेलाई ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *