चक्रे मिलनलाई ३० हजार धरौटी

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

२८ साउन, काठमाडौं । गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्ने आदेश दिएको हो ।

चक्रेसँग राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

त्यस्तै, तीन जनालाई लाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ । २० हजार धरौटीमा छाड्न आदेश भएकाहरूमा गणेश बहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामा रहेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, १० हजार धरौटीमा छाडिएकाहरूमा निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरब सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार, सफल भन्ने सुजल शाही रहेका छन् ।

आदेशपछि उनीहरू धरौटी बुझाएर निस्कने प्रक्रियामा लागेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *