गोली चलाएर प्रहरीले लियो लागूऔषध कारोबारीलाई नियन्त्रणमा

उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका साहको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

धनुषा : प्रहरीले गोली चलाएर धनुषाबाट दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मिथिला नगरपालिका–६ ढल्केबर बस्ने अन्दाजी ४८ वर्षीय पप्पु साह र बारा जिल्ला घर भई हाल धनुषाको हंसपुर नगरपालिका–५ निकाल बस्ने अन्दाजी २८ वर्षीया सेलादेवि राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गोली प्रहार गरेर उनीहरूलाई बुधवार मिथिला नगरपालिका–२ नक्टाझिजबाट पक्राउ गरेको हो। साहको दाहिने खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए। उनका अनुसार प्रहरीको गोली लागेर घाइते भएका साहको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

उनीहरूको साथबाट दुईसय २०० ग्राम खैरो हिरोइन लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *