राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया सम्पन्न, क्याबिनमा सार्ने तयारी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको हो
१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको हो ।
राष्ट्रपति पौडेलको पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदै छ ।
उनको शल्यक्रिया प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।
पौडेलले १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गरिएको चिकित्सकले बताए ।