अख्तियारले जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराईसँग १० लाख, अर्का दुई जिशिअद्वय केशवप्रसा दाहाल र ज्ञानमणि नेपालसँग जनही १४/१४ लाख, तत्कालीन लेखापाल सुरेश कुमार श्रेष्ठसँग २४ लाख, तत्कालीन सब-इन्जिनियर शिवराज राईसँग २४ लाख, तत्कालीन विलालय व्यवस्थापन समितिका अध्यक्ष पृथ्वी दाहालसँग ८ लाखसँग विगो माग गरेको छ।
यसैगरी विद्यालयका तत्कालीन प्रधानाध्यापकद्वय राजेन्द्र प्रसाद दाहाल र ह्यषिराम पोखरेलसँग जनही ८ लाख, विद्यालयका वर्तमान प्रधानाध्यापक नयन कुमार राई र विद्यालयका तत्कालीन लेखापाल सीता कार्कीसँग ५ लाख १२० रुपैयाँ र भवन निर्माण गर्ने जिम्मा पाएका अर्जुन तामाङसँग १६ लाख रुपैयाँ बिगो अख्तियारले माग गरेको छ ।