राष्ट्रपति सीले आयोजना गरेको सामूहिक रात्रिभोजमा ओली-मोदी भेट

सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, 'तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो।

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको सामूहिक रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

उनीहरूबीच सोमबार दिउँसो तियान्जिनमा भेट भएको हो ।

एससीओ‌ सम्मेलनको पूर्वसन्ध्यामा आयोजित रात्रिभोजमा उनीहरूबीच भेटवार्ता भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा उनले भनेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ।’ भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध विशेष रहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *