आइजीपी थापाको बिदाइ

सरकारले यसअघि नै प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङलाई नियुक्त गरिसकेको छ।

काठमाडौं : प्रहरी महानिरीक्षक (आइजीपी) दीपक थापालाई बिदाइ गरिएको छ। आज (भदौ १८)देखि सेवानिवृत्त भएका आइजीपी थापालाई गृह मन्त्रालयले बिदाइ गरेको हो।

मन्त्रालयमा बुधबार आयोजित एक समारोहमा गृहमन्त्री रमेश लेखकले पुष्पगुच्छासहित आइजीपी थापालाई बिदाइ गरेका थिए।

त्यस्तै कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी र सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालले पनि बिदाइ गरेका थिए।

सरकारले यसअघि नै प्रहरीको महानिरीक्षकमा चन्द्र कुवेर खापुङलाई नियुक्त गरिसकेको छ। खापुङ नेपाल प्रहरीको ३२औं आइजीपी नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *