प्रदर्शनकारीहरूले कांग्रेस सभापति देउवा निवासमा लगाए आगो
मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
काठमाडौं : २४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।
प्रदर्शनकारीहरूले बुढानिलकण्ठस्थित देउवा निवासमा तोडफोडपछि आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरूले निवास भित्र पसेर आगजनी गरिरहेका हुन्। यसैगरी प्रदर्शनकारीहरूले सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आगजनीका साथै तोडफोड गरेका थिए।