धरानबाट हर्कको चेतावनी : नेपाल काठमाडौं मात्रै होइन

नेपाल काठमाण्डौँ मात्रै होइन, जेन-जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् ।

२५ भदौ, काठमाडौं । धरानका उप-महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले  काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्ताको कुरा चलिरहेको बेला उक्त चेतावनी दिएका हुन् ।

‘नेपाल काठमाण्डौँ मात्रै होइन, जेन-जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू,’ उनले लेखेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले मध्यराति केही जेनजी प्रतिनिधिलाई जंगीअड्डा बोलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *