छात्रवृत्ति बचत गरेर बनाएको घर पनि जलाए : गभर्नर पौडेल
आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमा समेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।
२६ भदौ, काठमाडौं । जेनजी आन्दोलनको सिकार नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि बनाइएको छ ।
आफूले पाएको छात्रवृत्ति बचत गरी निर्माण गरेको घरमा समेत आगजनी गरेर शरणार्थी बनाइएको भन्दै उनले दु:ख व्यक्त गरेका छन् ।
जेनजी आन्दोलन उग्र भए पनि निसानामा सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ता परे । साथै, सार्वजनिक पद धारण गरेका व्यक्तिका सम्पत्तिमा समेत प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न बाँकी राखनेन् ।
सिंहदरबार सहित अधिकांश सरकारी कार्यालय तथा राजनीतिक दलका नेता तथा कार्यकर्ताको घर तोडफोड र आगजनीमा उत्रिए । सोही क्रममा गभर्नर पौडेल पनि ‘टार्गेट’ मा परे ।