नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।

२६ भदौ, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।

टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *