सहकारी ठगी प्रकरणमा जोडिएकी नेता पुनकी श्रीमती तीन महिनादेखि फरार

२ भदौमा काठमाडौं जिल्ला अदालतबाट आले मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो


२३ मंसिर, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएपछि नेकपा (माओवादी केन्द्र) का नेता दीपेश पुनकी श्रीमती सविना आले मगर विगत तीन महिनादेखि फरार छिन् ।

२ भदौमा काठमाडौं जिल्ला अदालतबाट आले मगरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । स्रोतले दोस्रो लटमा आलेमगरविरुद्ध पक्राउ पुर्जी जारी भएको बतायो । त्यसयता उनी अहिलेसम्म पक्राउ परेकी छैनन् ।

आलेमगर स्वर्णलक्ष्मी सहकारीको लेखा समिति सदस्य हुन् ।

स्वर्णलक्ष्मी सहकारीले १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप छ । स्वर्णलक्ष्मी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए ।

यता अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुन यसअघि सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । उनीविरुद्ध वुटवलको सुप्रिम सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *