प्रधानमन्त्री सुशीलालाई चेतावनी, ‘जुन ठाउँमा लगेर राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छुु’

‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

काठमाडौं : सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी नाराबाजी गर्दै मध्यराति प्रदर्शन गरेको छ। गुरुङ नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरूकै प्रस्तावमा सुशिला कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

तर आफूहरुसँग सल्लाह नै नगरिकन अन्तरिम सरकारको  मन्त्री छनोट गर्न लागेको भन्दै उनीहरुले हिजो राति विरोध गरेका हुन्।

उनीहरूले प्रदर्शनका क्रममा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ।

केही युवाले गुरुङका गतिविधिप्रति उनकै अगाडि आक्रोश व्यक्त गरे। त्यसपश्चात उनीहरुलाई सान्त्वना दिँदै गुरुङले भने मृतकका आफन्तलाई भने, ‘जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु। पावरफुल नेपाली जनता हो, कसैले हामीलाई रोक्न सक्दैन ।’

जेन्जी समूहले ओम प्रकाश अर्याललाई सहजकर्ता बनाएर पठाएपनि आफूहरुसँग सल्लाह नै नगरी आफू मन्त्री बनेको भन्दै असन्तुष्ट जनाएका हुन्।
गुरुङले भने, ‘ओमप्रकाश अर्याल, लयर.. हैन यसले आफैँ गृहमन्त्री बनाउँदो रहेछन्, भित्र बसेर। म चाहिँ लास व्यवस्थापनमा हिँडिरहेको थिएँ’

अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन्। उनी नयाँ सरकार गठन हुन अगाडि जेनजी समूहको तर्फबाट वार्तामा सहभागी भएका थिए । प्रदर्शनमा जेन्जीको आन्दोलन हाइज्याक भएको भन्दै दिउँसो पनि गुरुङ सहभागी कार्यक्रममा विरोध भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *