तीन मन्त्रीको टुंगो, कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी

अर्याललाई गृह तथा कानुन मन्त्रालय, घिसिङलाई ऊर्जा मन्त्रालय र खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले ओमप्रकाश अर्याल, कुलमान घिसिङ र रामेश्वर खनाललाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार अर्याललाई गृह तथा कानुन मन्त्रालय, घिसिङलाई ऊर्जा मन्त्रालय र खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

उनीहरूको सोमबार सपथग्रहण हुने स्रोतको दाबी छ। खनाल पूर्व अर्थसचिव हुन् भने घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। त्यस्तै अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का कानुनी सल्लाहकार हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *