एसियन हाइवे अन्तर्गत माइधार–दुधे सडकखण्डको डाइभर्सन बग्यो
डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन नचलेको उनको भनाई छ ।
१९ असोज, काठमाडौं । पूर्व–पश्चिम निर्माणाधीन एसियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड अवरुद्ध भएको छ । भालुखोलाको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।
काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएर माथिबाट पानी बगिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले जानकारी दिए । त्यस्तै माइधार र दुधेबिच भोला खोलाको डाइभर्सन बगाउँदा यात्रुहरू अलपत्र परेको उनले बताए ।
डाइभर्सन बगाउँदा साना दूरीका सवारीसाधन चलेपनि लामो दूरीका सवारीसाधन नचलेको उनको भनाई छ । लामो दूरीका सवारी साधनहरूलाई हिजैबाट चल्न सरकारले रोक लगाएको छ ।