चट्याङ परेर काभ्रेका राजु सापकोटाको घर ध्वस्त
चट्याङ पर्दा घरमा भएको सुनचाँदी, लत्ता कपडा, अन्नपात लगायतका सामाग्री जलेर पूर्णरुपमा क्षति भएको हो।
पनौती : अविरल वर्षा सँगसँगै चट्याङ पर्दा पनौती-३ का राजु सापकोटाको घरमा आगलागी भएको छ। असोज १८ गते साँझ ७ बजे चट्याङ पर्दा घरमा भएको सुनचाँदी, लत्ता कपडा, अन्नपात लगायतका सामाग्री जलेर पूर्णरुपमा क्षति भएको हो।
घटना समयमा दशैँ टीका थाप्न स-परिवार छिमेकी आफन्तको घरमा गएका थिए। उनको घरमा श्रीमती, एक छोरा र एक छोरी छन्। सामान्य किसान मजदुरी गर्दै आएका सापकोटाको २०७२ सालको भूकम्पमा पनि सोही स्थानमा भएको घर पूर्णरुपमा क्षति भएको थियो।
पछि पुन: ज्याला मजदुरी गरेर उनले सानो घर निर्माण गरेका थिए । गत सालको बाढी पहिरोमा पनि घर पछाडि र अगाडि दुवै तर्फबाट पहिरो जाँदा ६ महिना डेरामा बसेका थिए। पटक-पटकको महामारी झेल्दै आएका राजुको घर चट्याङले पूर्ण रुपमा ध्वस्त पारेको छ। सापकोटालाई तत्काल आवश्यक लत्ता कपडा, भाँडाकुँडा अन्य सामाग्री स्थानीय तथा विभिन्न सामाजिक संघ संस्थाले सहयोग गरेका छन्।