काभ्रेमा रोशीको बाढीले बगाएर एक महिलाको मृत्यु

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको हो ।

२० असोज, काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ ।

रोशी खोलाले बगाएर तेमाल ८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार रोशी खोलामा आएको बाढीले आफ्नो खेत बगाए नबगाएको हेर्न आउँदा खोला तर्ने क्रममा तामाङलाई बगाएको हो ।

उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको पहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *