मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते

दुर्घटनामा ईभी गाडीमा सवार र  मोटरसाइकल चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा : मकवानपुरको बागमती गाउँपालिका – ४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको  म.प्र.०२-००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको  ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ईभी गाडीमा सवार र  मोटरसाइकल चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये १ जना घाइते मिकशा पौडेललाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिएको छ । अन्य घाइतेहरूलाई स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *