मनसुनजन्य विपद्‍बाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो

इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको उनले बताए।

काठमाडौं : शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको उनले बताए। त्यस्तै पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको निधन भएको छ। उदयुपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको निधन भएको छ।

रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक/एक जना महिलाको निधन भएको छ। त्यस्तै सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *