डाक्टरको हत्या र डकैतीका आरोपी नेपाली नागरिक दिल्लीमा प्रहरी इन्काउन्टरमा मारिए

भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।

नयाँ दिल्ली । हत्या र सशस्त्र डकैतीका विभिन्न मुद्दामा ’मोस्ट वान्टेड’ एक नेपाली नागरिक दिल्ली र गुरुग्राम प्रहरीको संयुक्त कारबाहीमा मारिएका छन्। दक्षिण-पूर्वी दिल्लीको आस्था कुञ्ज पार्क नजिकै भएको इन्काउन्टरमा उनको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका हुन्।

भारतीय प्रहरीकाअनुसार भीम जोरा नाम गरेका उनी कुख्यात अपराधी थिए र उनका बारेमा सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको थियो ।

दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा सोमबार राति गुडगाउँ र दिल्ली प्रहरीसँगको झडपमा उनको मृत्यु भएको प्रहरीले मंगलबार बिहान जानकारी दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

जोरा प्रमुख भारतीय शहरहरूमा चोरीमा संलग्न एक नेपाली गिरोहका नेता रहेको भारतीय प्रहरीले जनाएको छ । उनीविरुद्ध धेरै मुद्दाहरू थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *