तोलामा २ हजार घट्यो सुन
प्रतितोला २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ।
१० कात्तिक, काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ।
तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँ घटेर २ हजार ९८० रुपैयाँमा झरेको छ।