नवलपरासीका पाँच पालिकामा भोलि सार्वजनिक बिदा
छठ पर्व मनाउने समुदायको बाहुल्यता भएका पाँच पालिकाले स्थानीय बिदा दिएका हुन् ।
परासी : नवलपरासीका पाँच पालिकाले कात्तिक ११ गते भोलि (मंगलबार) स्थानीय बिदा दिएका छन् । जिल्लामा सात पालिका छन् । बिदा दिनेमा रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका छन् ।
छठ पर्व मनाउने समुदायको बाहुल्यता भएका पाँच पालिकाले स्थानीय बिदा दिएका हुन् ।