भक्तपुरको बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर फरार
उनका अनुसार फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको बताए।सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेका छन्।
भक्तपुर : भक्तपुरको बाल सुधारगृहबाट २० जना बन्दी फरार भएका छन् । प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बन्दीहरु आज दिउँसो सुधारगृहको ढोका फोडेर फरार भएको जानकारी दिए।
उनका अनुसार फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको बताए।सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेका छन्।