एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ ।

काठमाडौं । यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।

क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

टेण्डर दाखिल गर्ने अन्तिम दिन आज भए पनि त्यसको एक दिन अगाडिमात्रै क्यानले उक्त अधिकार एक्स्क्लुसिभ नहुने टुंगो गरेको छ ।

युट्युबमा हेर्न नपाइने, एपमा हेर्न पैसा तिर्नुपर्ने

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् ।

क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । तर, यस वर्ष भने युट्युबमा दर्शकले खेल हेर्न पाउने छैनन् । टीभीको पहुँचमा नहुने देशभित्रका दर्शक र विदेशमा रहेका दर्शकले मोबाइल एपबाटै खेल हेर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *