उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज
यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको 'मृत्यु' को बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए।
काठमाडौं : प्रसिद्ध अभिनेता तथा हिन्दी सिनेमाका ‘ही-म्यान’ धर्मेन्द्र उपचारपछि बुधबार अस्पतालबाट डिस्चार्ज भएका छन्। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारपछि उनी घर फर्किएका हुन्।
धर्मेन्द्रलाई श्वासप्रश्वास र निमोनियाका कारण करिब तीन हप्ताअघि अस्पताल भर्ना गरिएको थियो। ब्रीच क्यान्डीमा धर्मेन्द्रको उपचारमा खटिएको चिकित्सक टोलीका एक डा. प्रीत सम्दानीले बीबीसी हिन्दीलाई बताएअनुसार धर्मेन्द्रलाई बुधबार बिहान ब्रीच क्यान्डी अस्पतालबाट घर लगिएको हो।
यसअघि मंगलबार धर्मेन्द्रकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले मिडियामा उनको ‘मृत्यु’ को बारेमा गलत समाचार प्रसारित भएपछि कडा असन्तुष्टि व्यक्त गरेका थिए।