विपद्‌मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भए एक तह बढुवासहित पेन्सन

यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

४ मंसिर, काठमाडौं । विपद् उद्दारमा खटिएका सशस्त्र प्रहरीका कर्मचारीको मृत्यु भए एक तह बढुवासहित निवृत्तिभरण (पेन्सन) दिइने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावलीको चौथो संशोधन गरेसँगै यो व्यवस्था सुरु भएको हो।

यो निर्णयसँगै अब विपद्मा खटिएका सशस्त्र प्रहरीको मृत्यु भएमा एक तह बढुवा हुनुका साथै उनको परिवारले पारिवारिक निवृत्तिभरण पाउने भएका छन्।

यो निर्णयले विपद्मा खटिने सुरक्षाकर्मीको मनोबल समेत बढ्ने सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापा बताउँछन् ।

यसअघि सशस्त्रको नियमावलीमो नियम ७६ को उपनियम २ मा कुनै प्रकारको मुठभेड वा आक्रमण वा बिस्फोट तथा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा तत्काल वा सोही कारणले मृत्यु भएमा मात्रै यस्तो सुविधान दिने उल्लेख थियो।

अबदेखि योसँगै विपद्मा खटिएका बेला मृत्यु भए पनि बढुवासहित निवृत्तीभरण पाउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *