काठमाडौंमा एमालेको जनप्रदर्शन सुरु

भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।

६ मंसिर, काठमाडौं । नेकपा एमालेले आज वृहत जनसभा गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा केहीबेरपछि सुरु हुने सभाका लागि अहिले कार्यकर्ताहरू भेला हुँदैछन्  ।

प्रदर्शनमा सहभागी हुन पुगेका मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि अहिले सवारी चाप बढेको छ । सो क्षेत्रको ट्राफिक व्यवस्थापन अहिले अस्तव्यस्त बनेको छ ।

प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

प्रहरीका अनुसार, भृकुटीमण्डपमा हुने एमालेको प्रदर्शन र सभाका कारण मान्छेहरूको संख्या बाक्लो हुँदै गएपछि सवारी डाइभर्सन गरिएको हो ।

प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी  साधनलाई  पद्मोदयमोड र   सभागृहमोडबाट  डाइभर्सन  गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै र्‍याली चलिरहेकाले टुँडिखेल वरपर भएर चल्ने सवारी साधनको आवागमनमा पनि केही प्रभाव पर्नसक्ने देखिएको छ ।

सो क्षेत्रमा सहज यात्राका लागि उक्त सडकको  विकल्पमा अन्य   सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।

जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *