एनपीएल : आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा
काठमाडौं अंक तालिकामा पाँचौ र लुम्बिनी लायन्स छैटौं नम्बरमा छ ।
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो ४ बजे खेल सुरु हुनेछ ।
काठमाडौं ३ खेलमा २ हार र १ खेलमा विजयी भएको छ। लुम्बिनीले तीन खेलमा एक जित र २ हार व्यहोरेको छ। काठमाडौं अंक तालिकामा पाँचौ र लुम्बिनी लायन्स छैटौं नम्बरमा छ ।