विराटनगरको प्लाष्टिक उद्योगमा भीषण आगलागी

आगलागी भएको स्थान वरपर रहेका घरहरु जोखिममा परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

विराटनगर : विराटनगर महानगरपालिका–७ सात घुम्तीनजिकमा रहेको एउटा प्लाष्टिक उद्योगमा भीषण आगलागी भइरहेको छ । केहीबेर अघिबाट आगलागी सुरु भएको हो । फ्याक्ट्रीमा आगो दन्किरहेको र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीको भनाई छ । तर, आगो नियन्त्रणमा आउन सकिरहेको छैन ।

आगो नियन्त्रणका लागि विभिन्न ठाउँका दमकल परिचालन गरिएका छन् । सुनसरीका विभिन्न पालिकाबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

सुरक्षा निकायले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी भएको स्थान वरपर रहेका घरहरु जोखिममा परेका छन् । आगलागीको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *