प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनलाई पक्राउ गरेको हो ।
काठमाडौं- प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।
सीआईबी टोलीले उनलाई आज पक्राउ गरेको हो ।
उनलाई प्रहरीले बिजुलीबजारस्थित प्रधान कार्यालयबाट पक्राउ गरेको हो । राष्ट्र बैंकको प्रतिवेदनसमेतका आधारमा सीआईबीले बैंकिङ कसुरमा उनलाई पक्राउ गरेको हो ।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो ।
९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।