मेयर बालेन शाहलाई पितृ शोक

शाहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको थियो।

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो ।

उनी हिजो (आइतबार) बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शाहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको थियो। अस्पताल स्रोतका अनुसार शाहलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन। उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। शाहका श्रीमती, दुई छोरा र एक छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *