एम्बुलेन्स दुर्घटना : २ जना गम्भीर घाइते

घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको होम्ताङका वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए ।

भोजपुर : भोजपुरको हतुवागढी गाउँपालिका ६, होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परि एम्बुलेन्स चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जय कुमार राई गम्भीर घाइते भएका हुन् ।

बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्किने क्रममा मंगलबार बिहान करिब पौने ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भएको होम्ताङका वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *