सोनौलीबाट दिल्ली जाँदै गरेको बसमा आगलागी : ३ जनाको मृत्यु, २४ घाइते

छ जना यात्रु गम्भीर घाइते भएका र उनीहरूलाई लखनऊ रेफर गरिएको उनले बताए।

काठमाडाैं- भारतकाे  उत्तर प्रदेशस्थित बलरामपुरमा सोमबार राति  ट्रकले ठक्कर दिएपछि बसमा आगलागी भई ३ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। मृतकहरूको पहिचान हुन अझै बाँकी छ।

बलरामपुरका प्रहरी अधीक्षक विकास कुमारले बसबाट ३ जनाको शव निकालिएको र २४ जना घाइते भएको बताए। घाइतेहरूलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ।

उनले आगलागीको कारण अनुसन्धान भइरहेको बताए। छ जना यात्रु गम्भीर घाइते भएका र उनीहरूलाई लखनऊ रेफर गरिएको उनले बताए। दुर्घटना बलरामपुरको फुलवारिया बाइपासमा सोमबार राति करिब २ बजेतिर भएको थियो।

प्रहरीका अनुसार बाँकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। स्थानीय र प्रहरी घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *