राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता

गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।

१ पुस, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र गौत्तमले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

हाल एमालेको प्रचार प्रसार विभाग प्रमुखको रुपका रहेका गौतमले केपी शर्मा ओली समुहबाट पदाधिकारीमा दाबी गरेका थिए । तर प्यानलमा नपरेपछि उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

‘पार्टीका नेताहरूको, कार्यकर्ताको सुझाव र सल्लाहलाई ध्यानमा राखेर केपी शर्मा नेतृत्वको समुहलाई हार्दिकता बहुमतले विजयी गराउन अपिल गर्दै उम्मेदवारी फिर्ता लिएको छु’ गौत्तमले भने ।

गौत्तमको खुला केन्द्रीय सदस्यमा भने उम्मेदवारी कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *