आज पनि पोखरामा रास्वपाको प्रदर्शन, बाक्लो संख्यामा प्रहरी परिचालन
प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू
२६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि कास्कीको पोखरामा प्रदर्शन गरेको छ ।
रास्वपा कार्यकर्ताहरूले पोखराको पृथ्वीचोकमा अहिले प्रदर्शन गरिरहेका छन् । सभापति लामिछानेलाई पनि भर्खरै पोखरा पुर्याइएको छ ।
प्रहरीले केहीबेर अघि रविलाई वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर पोखरा पुर्याएको हो । पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पृथ्वीचोकमा भइरहेको प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाइरहेका छन् ।
प्रहरीले लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान प्रहरीले अन्तिम चरणमा पुगेको जनाएको छ ।